नुवाकोटको फाँट पौवामा गरिमा विकास बैंकको बृहत निःशुल्क स्वास्थ्य शिविर
नुवाकोट, २२ जेठ । गरिमा विकास बैंक लिमिटेडले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि, चावहिल र यशोदादेवी भगवानसिंह के।सी मेमोरियल ट्रष्टसँगको सहकार्यमा मिति २०८० जेठ २० गते शनिबारका दिन बेलकोटगढी नगरपालिका वडा नं २, फाँटा पौवा, नुवाकोट स्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
बेलकोटगढी नगरपालिका वडा नं २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सांसद अर्जुन नरसिंङ्ग केसी र विशिष्ट अतिथिहरूमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष डा. आनन्त प्रसाद श्रेष्ठ, बेलकोटगढी नगरपालिका मेयर जगतबहादुर लामा, यशोदादेवी भगवानसिंह के।सी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदार नरसिंङ्ग के।सी र विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शिविरमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।का स्वास्थ्यकर्मीहरुद्धारा सामान्य स्वस्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोग लगायत रोगहरुको परीक्षण एव भिडियो एक्सरे र ईसीजी लगायतका सेवाहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा करिब ७०० जनको निःशुल्क स्वस्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा बोल्दै गरिमा विकास बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बृहत निशुल्क स्वास्थ्य शिविरबाट थुप्रै स्थानिय बासीहरू लाभान्वित भएको र आगमी दिनहरुमा समेत यस्ता मानवीय कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यालय र ५० वटा एटीएम मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।