Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्र बैंकद्वारा १० महिनामा ४९ खर्रब ४९ अर्ब भन्दा बढी तरलता प्रवाह

राष्ट्र बैंकद्वारा १० महिनामा ४९ खर्रब ४९ अर्ब भन्दा बढी तरलता प्रवाह

काठमाडाैं, २७ जेठ । बैंक तथा वित्तिय संस्थमहरूमा चालु आर्थिक वर्षको १० महिनामा रु.४९४९ अर्ब २२ करोड तरलता प्रवाह भएको छ । नेपाल राष्ट्र बैंककाे पछिल्लाे तथ्यांक अनुसार वैशाख मसान्त सम्ममा बैंकबाट रिपोमार्फत रु.४१४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु.८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु.२७२६ अर्ब ९६ करोड र ओभरनाइट तरलता सुविधा रु.१७१८ अर्ब ८ करोड गरी कुल रु. ४९४९ अर्ब २२ करोड तरलता प्रवाह भएको हाे ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.७३४२ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी रु.६१९ अर्ब ७६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२५६ अर्ब ७३ करोड तरलता प्रवाह गरिएको थियो।

साेहि अवधिमा अमेरिकी डलर ३ अर्ब ८६ करोड बिक्री गरी रु.५०४ अर्ब ११ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ९६ करोड बिक्री गरी रु.४७५ अर्ब ६८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x