Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

देशकै ठूलो वीरगञ्ज भन्सारको राजस्व लक्ष्यको ६० प्रतिशत मात्र

देशकै ठूलो वीरगञ्ज भन्सारको राजस्व लक्ष्यको ६० प्रतिशत मात्र

काठमाडौं, २१ असार । वैदेशिक व्यापारमा आएको कमीको असर मुलुककै ठूलो वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा पनि परेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा कार्यालयले लक्ष्यको करीब ६० प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छैन ।

भन्सार विभागले कार्यालयलाई जेठ मसान्तसम्म २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा सो अवधिमा १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ मात्र संकलन भएको छ । कार्यालयले भन्सार महशुल शीर्षकमा लक्ष्यको ५६.५३ प्रतिशत, मूल्य अभिवृद्धि कर शीर्षकमा ७१.६२ प्रतिशत र अन्तःशुल्कमा ६६.९९ प्रतिशत राजस्व भूमिका निर्वाह गरेको छ । कार्यालयले गत जेठमात्र मात्रै लक्ष्यको ५९.७६ प्रतिशत राजस्व संकलन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x