बजाजकाे पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं, २३ असार । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.(गोल्छा ग्रुप)ले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीकाे विश्वास छ ।
‘हाम्रा दुई नयाँ बाइकहरू पल्सर ल्क् द्दण्ण् र पल्सर ल्क् ज्ञटण् बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ । नयाँँ नयाँँ बिशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर हाम्रा राइडरहरुको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहने छ । बजाजका यी नयाँँ बाइकहरुले पनि सधैंँ झैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ ‘ गोल्छा ग्रुप निर्देशक अभिमन्यु गोल्छाले भने ।
पल्सर एनएस २०० यूएसडी (अपसाइड डाउन)
नयाँ पल्सर एनएस २०० यूएसडी एक यस्तो दुईपांग्रे सवारीसाधन हो, जुन सडकमा हावी हुने र सवारी गर्ने राइडरको जोशलाई जगाउन डिजाइन गरिएको हो। यस पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बीएसभीआई इन्जिन रहेको छ। यस मोटरबाइकले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८००० आरपीएममा १८.७४ एनएमको टर्क प्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ।
पल्सर एनएस २०० यूएसडीले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ। जसले सडकमा सबैको ध्यानाकर्षण गर्दछ। यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटिक ह्यान्डलिङ प्रदान गर्दछ।
पल्सर एनएस १६० यूएसडी (अपसाइड डाउन)
पावर–प्याक्ड र रमाइलो बजाज पल्सर एनएस १६० यूएसडी एक गतिशील बाइक हो। जुन राइडरको सवारी अनुभवलाई निखार्न र उनीहरुको नयाँ–नयाँ ठाउँहरु एक्स्प्लोर गर्ने चाहनालाई मूर्तरुप दिन डिजाइन गरिएको हो।
पल्सर एनएस १६० यूएसडीमा १६०.३ सीसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको बीएसभीआई इन्जिन रहेको छ। ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गति र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ। आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर एनएस १६० यूएसडीले सबैको ध्यान आकर्षित गर्छ। साहसिक पल्सर एनएस १६० यूएसडीको उत्कृष्ट ह्यान्डलिङ र गतिशीलतासँग कुनै सीमा रहने छैन।
राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यी दुवै पल्सर एनएस २०० यूएसडी र पल्सर एनएस १६० यूएसडीमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ। जसले गर्दा राइडरले निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणको साथ जस्तोसुकै सडकमा पनि निर्धक्क भई चलाउन सक्नेछन्। यी दुवै बाइकमा राइडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ। जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्दछ।
यी दुवैमा ३३ एमएम अप साइड डाउन फ्रन्ड सस्पेन्सन र क्यानिस्टरसहितको रियर नाइट्रोक्स मोनो शक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन्।
यसमा रहेको न्यु स्पोर्टी ग्राफिक्सको स्लिक लाइनहरुले राइडरलाई भिडबाट अलग बनाउँछ। यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्दछ। यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्यांकीमा बाकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ पनि देखाउँछ।
अगाडि १००/८०–१७ र पछाडि १३०/७०–१७ एमएमको उत्कृष्ट ग्रिपले सुसज्जित ट्युबलेस टायरहरुले यी पल्सर एनएसलाइ उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्दछ।
पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः रु. ४ लाख २४ हजार ९०० र रु. ३ लाख ८४ हजार ९०० मा उपलब्ध छन्।