Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थतन्त्र सुधारमा सघाउन आइएमएफलाई आग्रह

अर्थतन्त्र सुधारमा सघाउन आइएमएफलाई आग्रह

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गरेका छन् ।

आइएमएफका आवासीय प्रतिनिधिबीच शुक्रवार भएको भेटवार्तामा उनले विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गरेका हुन् । अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता गरेकी थिइन् ।

सो अवसरमा अध्यक्ष ढकालले दुई संस्था मिलेर विद्यमान आर्थिक मन्दीको अवस्थालाई सुधार्नुपर्नेमा जोड दिएका थिए । बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनःसंरचना, पुनःतालिकीकरण, पुनःकर्जा सुविधा दिनुपर्नेमा महासङ्घले राष्ट्र बैंकसँग आग्रह गरिरहेको उनले बताए ।

सो अवसरमा आवासीय प्रतिनिधि सान्चेजले महासङ्घका अध्यक्षले राखेका विषयलाई आफूले महत्त्वका साथ लिएको बताइन् । साथै उनले सो विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने विश्वास दिलाइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x