दाेहाेराे अंकले बढ्याे नेप्से, दुई अर्ब ३७ करोडकाे काराेबार
काठमाडाैं, ३१ असार । साताको कारोबारको पहलिो दनि आइतबार धितोपत्र बजारमा सेयरबजार मापक नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज १२.१६ अंकले बढेर २ हजार ९७ विन्दुमा पुगेको हो ।
आज दुई अर्ब ३७ करोड ६४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज ६ कम्पनी सनराइज फोकस्ड इकयुटी फण्ड, एनआइबीएल ग्रोथ फण्ड, सानिमा ग्राथ फण्ड, सिटिजन्स म्युचुहल फण्ड २, माछापुच्छ्रे बैंक डिभेञ्चर, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
यस्तै आज सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशतले घटेको छ ।