Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

११ महीनामा ५२ खर्ब ५३ अर्बको तरलता प्रवाह

११ महीनामा ५२ खर्ब ५३ अर्बको तरलता प्रवाह

काठमाडौं, ३ साउन । चालू आर्थिक वर्षको ११ महीनामा नेपाल राष्ट्र बैंकले ५२ खर्ब ५३ अर्बभन्दा बढीको तरलता प्रवाह गरेको छ । समीक्षा अवधिमा केन्द्रीय बैंकबाट रिपोमार्फत रु. ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु.८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु. २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा रु. २० खर्ब २१ अर्ब ८७ करोड गरी कुल रु.५२ खर्ब ५३ अर्ब १६ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत रु. ५ अर्ब तरलता प्रशोचन गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब २६ करोड खुद खरिद गरी रु. ६ खर्ब ८७ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४७ करोड खुद खरिद गरी रु. २ खर्ब ९९ अर्ब ६२ करोड तरलता प्रवाह गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x