स्टक ब्रोकर एशोसिएनले भन्यो–कारोबारका लागि सबै कार्यालय खुला छ
काठमाडौं, २३ जेठ । स्टक ब्रोकर एशोसिएन अफ नेपालले सेयर कारोबार ठप्प पार्ने अभियानमा आफुहरुको साथ नरहेको स्पष्ट पारेको छ । एएशोसिएनले एक विज्ञप्ती जारी गर्दै ब्रोक्ररका सबै कार्यालय खुल्ला रहेको जानकारी दिएको छ । तर लगानीकर्ताले खरिदबिक्रीको लागि भने कुनै आदेश नद्रिएको एशोसिएनले जनाएको छ ।
सेयर खरिद बिक्रीका लागि ब्रोक्ररको कार्यालय खुल्ला रहने एशोसिएनले जनाएको छ । पूँजीगत लाभकरको विरोधमा उत्रिएका लगानीकर्ताले मंगलबार कारोबार ठप्प पारेका थिए।