मुग्लिन–नारायणगढ सडक खण्ड अव २४ घण्टा खुला

काठमाडौं, २३ जेट । मुग्लिन–नारायणगढ सडक खण्डको ३३.२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । मंगलबार बेलुकी कालोपत्रे सकेसँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको सडक बन्द पनि हटेको छ ।

मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएको हो । अब सडकखण्डमा यात्रा गर्नेहरुले धुलो र धुवाँको सास्ती खेप्नुपर्ने छैन । गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *