Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सरकारले हटायो लाभकर गणना अंकित मूल्यमा गर्ने व्यवस्था

सरकारले हटायो लाभकर गणना अंकित मूल्यमा गर्ने व्यवस्था

काठमाडौं, २३ जेठ । गत आइतबार देखी लागु गरिएको बोनस शेयर र हकप्रद शेयरको लाभकर गणना अंकित चुक्ता मुल्यमा गर्ने निर्देशन सरकारले हटाएको छ । लगानीकर्ताहरुको चौतर्फी दबाव आएपछि सरकारले सो व्यवस्था हटाएको हो ।

आन्तरिक राजश्य विभागले बोनस शेयर र हकप्रद शेयरको लाभकर गणना अंकित चुक्ता मुल्यमा गर्न निदृेशन दिएको थियो । सो निर्देशन पछि आन्दोलनरत लगानीकर्ताहरुले मंगलबार र बुधबार शेयर बजार ठप्प परेका थिए । यद्यपी शेयर दलाल व्यवसायीहरुले भने शेयर बजार खुल्ला भएको जनाएको छ । यो निर्देशन आउन अघि बोनस शेयर र हकप्रद शेयरको लाभ गणना आधार मुल्यबाट गरिन्थ्यो । अब यो व्यवस्था हटेपछि पुनः आधार मुल्यमा नै लाभ गणना हुने भएको छ ।

लाभकर गणना अंकित मुल्यमा गर्दा लगानीकर्ताहरुलाई थप भार पर्ने भन्दै आन्दोलन गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x