भूकम्प पछिको पुनर्निर्माणलाई तीब्र बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीब्र बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । निजी आवास पुनर्निर्माणसम्बन्धी समस्या पहिचान र समाधान बिषयक काठमाडौं स्तरीय भेलालाई सम्बोधन गर्दै उनले पुनर्निर्माणलाई गति तीब्र बनाउन निर्देशन दिएका हुन ।
सरकारले निजी आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेको भन्दै उनले सोहि अनुसार काम गर्नु भने । एक बर्षभित्र निजी आवास पुनर्निर्माण गर्ने सरकारी घोषणा भए पनि अहिलेसम्म ३० प्रतिशत पनि काम नभएको भन्दै कानुनी प्रावधान र अप्ठ्यारोलाई सहजीकरण गर्दै काम गर्न सुझाव दिए ।
पुनर्निर्माणका लागि कार्यविधिमा असजिलो भए हेरफेर गर्न सकिने पनि मन्त्री खतिवडाको भनाई थियो । करदाताबाट उठाएको कर र विदेशी दातृनिकायबाट लिएको ऋणबाट पुनर्निर्माणको काम भईरहेकोले रकमको सदुपयोग गर्नले उनको निर्देशन थियो ।