Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आँखुखोला जलविद्युतकाे शेयर बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त

आँखुखोला जलविद्युतकाे शेयर बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग नियुक्त

काठमाडाैं, ११ साउन । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १ः१.५ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा तथा आफ्नो शेयर रजिष्ट्रारको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतामा कम्पनीका अध्यक्ष  राम श्रेष्ठ तथा शेयर रजिष्ट्रार सम्बन्धि सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत  प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर भयाे।

आज भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धि कार्यका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

काठमाडाैंबाट करिब १३२ किलोमिटर टाढा धादिङ्ग जिल्लामा अवस्थित आँखुखोला बुढीगण्डकी नदीको प्रमुख सहायक नदीहरु मध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x