Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

किन बन्दै हुँदैछन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय ?

किन बन्दै हुँदैछन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय ?

काठमाडौं, ११ साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द हुने भएका छन् । बैंकले एक सुचना प्रकाशित गर्दै साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज पश्चात् ३७ वटा शाखा कार्यालय बन्द हुने जनाएको हो ।

बैंकले एउटै स्थानमा रहेका दुई शाखा गाभेर एउटा शाखाबाट मात्रै कारोबार गर्ने बताएको छ । बैंकले साबिकको मेगा बैंकका ३३ शाखा बन्द गरी इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्नेछ ।

त्यस्तै, साबिकको इन्भेष्टमेन्ट बैंकको ४ शाखा बन्द गरी साबिकको मेगा बैंकको शाखाबाट कारोबार गर्ने जनाएको छ ।

शाखा समायोजन तथा स्थानान्तरण भएका १६ वटा शाखा कार्यालयबाट साउन १३ गते र २१ वटाबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x