Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

टिकटमा लगाइएको भ्याटप्रति वायुसेवा सञ्चालकहरुको असन्तुष्ट

टिकटमा लगाइएको भ्याटप्रति वायुसेवा सञ्चालकहरुको असन्तुष्ट

काठमाडौं, १३ साउन । वायुसेवा सञ्चालक संघ, नेपालले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग भेटघाट गर्दै वायुसेवा सञ्चालन संघ, नेपालका अध्यक्ष रामेश्वर थापाले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले सो क्षेत्रप्रति नै अविश्वास गरेको बताएका हुन् । सरकारले हतारमा निर्णय गरेर सो क्षेत्रमा भ्याट लगाएको उनकाे जिकिर छ ।

सरकारले आफूहरूसँग सल्लाह गरेरै गरेको भए पनि आफूहरू तयार हुने भन्दै उनले सरकारले यस विषयमा निष्पक्ष व्यवहार गर्न नसकेको बताए । अध्यक्ष थापाले पुँजीगत खर्चमा भ्याट लाउनु व्यवहारिक नभएको पनि उल्लेख गरे । उनले जहाजको इन्जिन लगायतका सामग्रीहरूमा भ्याट कम लाग्दा सहज रूपमा आपूर्ति हुने र त्यसले सेवामा सहजता थप्ने पनि बताए ।

पैसाका कारण आवश्यक सामग्रीहरूमा सम्झौता गर्ने अवस्था बनेमा हवाई सुरक्षामा समेत चुनौती थपिने उनको भनाइ छ । यस्तै उनले आफूहरू पनि विभिन्न सेवाका लागि भ्याटको तयारी गरिरहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x