Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

५० लाखसम्मको शेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले हाल २५ लाखसम्मलाई १०० प्रतिशतमा गणना गर्दै आएको शेयर धितोकर्जाको जोखिमभारको सीमा ५० लाख बनाएको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै यो व्यवस्था गरेको हो ।

गत आइतबार राष्ट्र बैंकले मौद्रिक नीति २०८०/०८१ सार्वजनिक गर्दै शेयर धितोकर्जाको जोखिमभारमा केही हेरफेर गर्ने भनेको थियो ।

अहिले पनि ५० लाखभन्दा माथिको यस्तो कर्जामा १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था भने यथावत छ। राष्ट्र बैंकले मौद्रिक नीति बमोजिम शुक्रबार सर्कुलर जारी गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x