Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

धितोपत्र बोर्डको नीति तथा कार्यक्रमः यस्ता छन प्राथमिकता

धितोपत्र बोर्डको नीति तथा कार्यक्रमः यस्ता छन प्राथमिकता

काठमाडौं, १५ साउन । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा केही पुराना व्यवस्थालाई निरन्तरता दिएको छ । बोर्ड अध्यक्ष रमेश हमालले साना लगानीकर्ताको हितमा काम गर्ने गरि नीति तथा कार्यक्रम ल्याउनु भएको छ ।

 

बोर्डले हरित वण्ड लगायतका नविन वित्तीय औजार निष्कासन गर्न सक्नेगरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गर्ने भएको छ ।

नविनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायको प्रवर्धन गर्न आवश्यक पुँजी परिचालनका लागि पीई भिसी इकोसिस्टम निर्माण तथा साना तथा मझौला उद्योगको विकासका लागि सिग्नेचर पोलिसीलाई उद्यमशीलता प्रवर्धन तथा इन्टरप्राइज डेभलपमेन्टमार्फत अर्थतन्त्रमा नयाँ धार सिर्जना गर्ने भनेको छ ।

बोर्डले आफ्नो काम कारबाहीलाई प्रदेशमा पनि लैजाने भएको छ । पहिलो चरणमा २ वटा प्रदेशमा प्रादेशिक नियमन संरचना स्थापना गर्न आवश्यक अध्ययन गर्ने भएको छ ।

यस्तै जलविद्युत क्षेत्रका कम्पनीहरुका संस्थापक सेयरधनीको लकिङ पिरियड र संस्थापक सेयरधनीमा भएको परिवर्तनका सम्बन्धमा आवधिक रुपमा जानकारी प्रवाह गराउने व्यवस्था गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x