Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

४ महिनाभित्रै ३० अर्ब विकास बजेट खर्च गर्नैपर्ने

४ महिनाभित्रै ३० अर्ब विकास बजेट खर्च गर्नैपर्ने

काठमाडौं, १६ साउन । चालू आर्थिक वर्षको सुरुदेखि नै विकास बजेट खर्चमा तीव्रता दिने योजना अर्थ मन्त्रालयले बताएको छ। मन्त्रालयले ४ महिनाभित्रै ३० अर्ब २० करोड रुपैयाँ विकास खर्च गर्ने योजना बनाएको हो।

चालू आर्थिक वर्षको लागि बजेट कार्यन्वयन सम्बन्धी मार्गदर्शन अर्थ मन्त्रालयले बनाएको छ। जसमा बजेट कार्यान्वयनको मापदण्ड, त्यसँसग समावेश योजनाहरु र समयसीमा तोकिएको छ। त्यसले अर्थ मन्त्रालय मात्रै नभई बजेट कार्यान्वयन गर्ने निकायहरुलाई मापदण्ड प्रदान गरेको छ।

आर्थिक वर्षको सुरुको ६ महिना विकास खर्चै नहुने समस्या छ। तर यो वर्ष भने अर्थ मन्त्रालयले ६ महिनाअघि नै विकास बजेटको खर्च मोडालिटी अघि बढाउने बताएको छ।

त्यसरी अघि बढ्दा विदेशी सोधभर्नाको समेत ताकेता समयमा गर्न पाइने अर्थ मन्त्रालयमा भनाइ छ। अर्थ मन्त्रालयले कात्तिक महिनासम्म १० प्रतिशत खर्च गर्ने योजना बनाएको छ। अर्थात् कात्तिक महिनाभित्र विकास बजेटको खर्च सुरु गर्ने र ठेक्का लगाउन पर्ने आयोजनाको पनि कात्तिक महिनाभित्र लगाइसक्ने अर्थ मन्त्रालयको भनाइ छ।

चालू आर्थिक वर्षमा विकास बजेटको लागि सरकारले ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x