Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यी हुन अमेरिकाले औंल्याएको नेपालमा लगानी निरुत्साहित हुने चार कारण

यी हुन अमेरिकाले औंल्याएको नेपालमा लगानी निरुत्साहित हुने चार कारण

काठमाडौं, १६ साउन । अमेरिकाले नेपालमा राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारीतन्त्र तथा ऐन/नियमहरूको कार्यान्वयनमा एकरुपता नभएकाले नेपालमा सम्भावित वैदेशिक लगानीको वातावरणलाई निरुत्साहित बनाएको जनाएको छ ।

अमेरिकाको परराष्ट्र मन्त्रालयले हरेक वर्ष निकाल्ने ‘लगानीको वातावरणसम्बन्धी प्रतिवेदन २०२३’ को नेपालसम्बन्धी अंशमा लगानीको वातावरण नाजुक रहेको देखाइएको हो । ‘नेपाल सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न तत्पर रहेको सार्वजनिक रुपमा जानकारी गराए पनि त्यसको व्यावहारिक र अर्थपूर्ण कार्यान्वयन अझै भएको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

अमेरिकाले नेपालको वैदेशिक लगानीको २.९ प्रतिशत हिस्सा ओगटेको छ । नेपाल सरकारले भने मुलुकमा लगानीमैत्री वातावरण निर्माण भएको भन्दै लगानी गर्न आकर्षित गर्दै आएको छ । तर अमेरिकाको यो प्रतिवेदनले थप लगानी निरुत्साहित हुने आशन्का बढाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x