Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

घरजग्गा र शेयर कारोबार सहज बनाए मात्र अर्थतन्त्र चलायमान हुने

घरजग्गा र शेयर कारोबार सहज बनाए मात्र अर्थतन्त्र चलायमान हुने

काठमाडौं, ३० साउन । पछिल्लो समय अर्थतन्त्र चलायमान नभएको भन्दै अर्थमन्त्रीदेखि गभर्नर, व्यवसायी र बैंकर्सहरूसम्म छलफलमा जुटेर समाधान खोज्न लागेका छन् । बैंकमा प्रयाप्त पैसा भएर पनि माग घटेको बैंकर्सहरूले अर्थमन्त्रीलाई छलफलको क्रममा जानकारी गराए । तर, बजारमा व्यापार व्यवसाय ठप्प हुँदा चल्न नै नसक्ने समस्या आएको व्यवसायीहरू बताउँछन् । ग्राहकको क्रयशक्ति घट्दै जाँदा आर्थिक मन्दी नै लागेको उनीहरू बताउँछन् ।

व्यवसायीहरूका अनुसार निर्माण क्षेत्र चलायमान हुन नसक्दा अर्थतन्त्रमा समस्या निम्तिएको हो । निर्माण क्षेत्र चलायमा भएको भए अर्थतन्त्रमा यस्तो दवाब नआउने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य बताउँछन् । निर्माण क्षेत्रलाई सरकारले समयमा भुक्तानी नगरिदिँदा उनीहरूले उदारो मिलाउन नसकेको पनि उनले बताए । “अर्थतन्त्र चलायमान निर्माण क्षेत्रले बनाउँछ । तर, त्यो क्षेत्र सुस्ताउँदा अहिले अर्थतन्त्रमा मन्दी छ,” उनले भने, “यो क्षेत्र चल्दा छट, सिमेन्ट, ढुंगा, गिट्टी र हार्डवरका पसल पनि चल्छन् । तर, अहिले पसल चलेका छैनन् । कारण निर्माण क्षेत्र चलायमान नभएर हो ।”

यसका साथै पुँजी जुटाउने पुँजीबजार र घरजग्गाको कारोबार नचल्दा पनि अर्थतन्त्रमा समस्या निम्तिएको उनी बताउँछन् । शेयर बजारमा गरिएको कडाइका कारण अहिले बजार सुस्ताएको उनको बुझाइ छ । “अहिले शेयर बजारमा कडाइ गरिएको छ । अर्थतन्त्र चलायमान बनाउने बजारलाई कडाइ गर्दा पनि समस्या उत्पनन भएको हो,” उपाध्यक्ष वैद्यले भने, “जबसम्म शेयर बजार र घरजग्गा कारोबार सहज हुँदैन अवस्था यस्तै रहन्छ । अब चालुपूँजी कर्जा मार्गदर्शनमा केही भएछ भने आशा गर्न सकिएला । नत्र व्यवसायीहरूका अवस्था के हुन्छ भन्ने नै थाहाँ छैन ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x