आजदेखि लागु हुने वाणिज्य बैंकको ब्याजदर कुनको कति ? सबैभन्दा सस्तो स्ट्याण्डर्ड चार्टर्ड र एनएमबिको

काठमाडौं, १ भदौ । बैंक तथा वित्तीय संस्थाले भदौ महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । भदौका लागि निर्धारण गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । भने नबिल बैंकले स्थिर राखेको छ । साउनमा व्यक्तिगत मुद्दतीमा १०.४९ प्रतिशत ब्याज दिँदै आएको नबिल बैंकले भदौमा पनि सोही दरमा ब्याज दिनेभएको छ ।
तर, एनएमबि बैंकले भने ब्याजदर सबैभन्दा बढी घटाएको छ । यो बैंकले साउनमा १०.९३ प्रतिशत ब्याज दिँदै आएकोमा भदौमा भने ९.९९ प्रतिशत ब्याज दिने भएको छ । सातवटा बैंकहरूले भने १०.८९६ प्रतिशत ब्याज दिँदने भएका छन् । यी बैंकले गत महिना ब्याज एकल अंकमा राखेका थिए ।
कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया, सिटिजन्स र सानिमा बैंकले व्यक्तिगत मुद्दतीमा १०.८९६ प्रतिशत ब्याज दिनेछन् । यी बैंकले संस्थागततर्फ भने अधिकतममा ८.८९६ प्रतिशतका दरले ब्याज दिने भएका छन् ।
एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन् ।
सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यो बैंकले मुद्दति निक्षेपमा अधिकतम ८.९२ प्रतिशत ब्याज दिने भएको छ ।