थप पाँच कम्पनीले पाए ब्रोकर लाइसेन्स

काठमाडौं, १ भदौ । नेपाल धितोपत्र बोर्डले थप पाँच वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले थप पाँच वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो ।
लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज रहेका छन् । यी समेत गरेर लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ ।
सजिलो ब्रोकरको कार्यालय ललितपुर महानगरपालिका वडा न. ३ मा रहने बताइएको छ । रोडसो सेक्युरिटिजको काठमाडौंको सुन्धारा, बेनी सेक्युरिटिजको बानेश्वर, हिमालयन सेक्युरिटिजको सुन्धार र सनी सेक्यूरिटिजको नक्सालमा कार्यालय रहने बताइएको छ ।
ब्रोकर लाइसेन्सका लागि बोर्डमा ४३ वटा कम्पनीले आवेदन दिएका थिए । आवश्यक पूर्वाधार तयार गरेका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जानकारी दिएको छ । अब निवेदन दिएकामध्ये ६ वटा कम्पनी लाइसेन्स पाउन बाँकी छन् ।
पहिलो चरणमा लाइसेन्स पाउँने सात वटा ब्रोकर कम्पनीले कारोबार सुरु गरिसकेका छन् ।