Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२६.६ प्रतिशतले बढ्याे विदेशी विनिमय सञ्चिति

२६.६ प्रतिशतले बढ्याे विदेशी विनिमय सञ्चिति

काठमाडाैं, ३ भदाै । विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेको छ। राष्ट्र बैंककाे तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर १५३९ अर्ब ३६ करोड पुगेको हाे। २०७९ असार मसान्तमा यस्तो सञ्चिती १२१५ अर्ब ८० करोड थियो।

यस्तै अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा २३.१ प्रतिशतले बढेकाे छ । २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको यस्तो सञ्चिति २०८० असार मसान्तमा २३.१ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको हाे।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले बढेर १३४५ अर्ब ७८ करोड कायम भएको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई रु.१९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x