३८.५१ प्रतिशतले बढ्यो अन्तरबैंक कारोबार
काठमाडौं, ६ भदौ । गत आर्थिक वर्ष २०७९–८० मा बैंक तथा वित्तीयहरू बीचको कारोबार अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा ३८.५१ प्रतिशतले बढेको छ । सो अवधिमा वाणिज्य बैंकहरूबीच रु. ३९४२ अर्ब १५ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) बीच रू. ३५२ अर्ब ७ करोड गरी कुल रु. ४२९४ अर्ब २२ करोडको अन्तर–बैंक कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष वाणिज्य बैंकहरुबीच रु. २७८४ अर्ब १० करोड र अन्य वित्तीय संस्थाहरुबीच रु. ३१६ अर्ब २५ करोड गरी कुल रु. ३१०० अर्ब ३५ करोडको अन्तर बैंक कारोबार भएको थियो ।