Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

१ महीनामा १ खर्ब ४२ अर्बको वैदेशिक व्यापार, गतवर्षको तुलनामा २.२८ प्रतिशतले खुम्चियो

१ महीनामा १ खर्ब ४२ अर्बको वैदेशिक व्यापार, गतवर्षको तुलनामा २.२८ प्रतिशतले खुम्चियो

काठमाडौं, ६ भदौ । चालू आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालको वैदेशिक व्यापार १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको भएको छ, जुन गत आर्थिक वर्ष २०७९–८० को तुलनामा २.२८ प्रतिशतले कम हो । साउनमा आयात र निर्यात दुवै घटेका छन् ।

गत महीना १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही महीनाको तुलनामा १.५६ प्रतिशतले कम हो । गतवर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोडको वस्तु भित्रिएको थियो । यस्तै गत महीना नेपालबाट १३ अर्ब ५२ करोड बराबरको वस्तु निर्यात भएको छ । यो गतवर्षको सोही महीनाको तुलनामा ८.६५ प्रतिशत कम हो । सो महीना १४ अर्ब ८० करोडको वस्तु निकासी भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x