भारतको त्रौमसिक कुल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि
नयाँ दिल्ली, १५ भदौ । उपभोक्ताको उच्च मूल्यले घरायसी बजेटमा पर्ने असरबारे सरकारको डरका बावजुद भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) पछिल्लो त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
भारत गत वर्ष बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो भने जनसङ्ख्याका हिसाबले हालै चीनलाई उछिनेर सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ ।
कोभिड–१९ को महामारीपछि यसको वृद्धिदर ७.२ प्रतिशतले वृद्धि भएको छ र विश्वका ठूला अर्थतन्त्रमध्ये सबैभन्दा माथि रहेको छ ।
बिहीबार सार्वजनिक तथ्याङ्क गत आर्थिक बर्षको चार वटा त्रैमासिकमध्ये सबैभन्दा उच्च रहेको देखाएको छ । सरकारी तथ्याङ्कले वित्तीय, रियल इस्टेट र व्यावसायिक सेवा क्षेत्रको लागि १२.२ प्रतिशतको वार्षिक वृद्धि देखाउँछ ।
अन्य देशहरू जस्तै भारत पनि विश्वव्यापी वित्तीय अवस्था, युक्रेनको युद्ध र भूराजनीतिक तनावजस्ता विश्वव्यापी हेडविन्डहरूबाट प्रभावित भएको छ ।
भारतको केन्द्रीय बैङ्कले यसै महिना खाद्य पदार्थको उच्च मूल्य वृद्धिले घरायसी बजेटमा असर पारेको र अझ खराब हुने अनुमान गरिएको थियो ।
मुद्रास्फीति जूनमा ४.८१ प्रतिशतसम्म पुगेको थियो, जुन गत वर्षको ७.७९ प्रतिशतको उच्च विन्दुबाट अझै पनि तल झरेको छ ।