Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गोरेलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाउन आदेश

गोरेलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाउन आदेश

विराटनगर २८ जेठ ।  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य तीन अभियुक्तहरुलाई जिल्ला अदालत मोरङले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन आदेश दिएको छ ।  मोरङ अदालतले मुख्य तीन अभियुक्त चूडामणि उप्रेती गोरे, भुजुङ गुरुङ र छिरिङ वाङ्गेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाउन आदेश दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान एवं कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर गरेको थियो । विभागले त्यसैका आधारमा थप अनुसन्धान र कारबाही अघि बढाउन उनीहरूलाई झिकाउने पत्राचार गरेको थियो । विभागको पत्रमा ‘प्रारम्भिक जाँचबुझका क्रममा उल्लेखित प्रतिवादीहरूसँग कसुरको गम्भीरतासमेतका आधारमा तत्काल केही कुरा बुझी जाँचबुझ कार्य अगाडि बढाउनुपर्ने देखिएकाले निजहरूलाई सम्पत्ति शुद्धीकरणको कसुरको जाँचबुझका सिलसिलामा बुझ्नुपर्ने कुरा बुझी फिर्ता पठाउन आदेशमा’ उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x