Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

गोलाप्रथाबाट भाग्य परिक्षणमा उभिदैं अर्थमन्त्री खतिवडा र गृहमन्त्री थापा !

गोलाप्रथाबाट भाग्य परिक्षणमा उभिदैं अर्थमन्त्री खतिवडा र गृहमन्त्री थापा !

काठमाडौं,२८ जेठ । राष्ट्रिय सभाका सदस्यहरुको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथा हुने भएको छ । राष्ट्रियसभा नियमावलीअनुसार पदावधि निर्धारणका लागि खुला र महिलातर्फ क्लस्टर र प्रदेशअनुसार छुट्टाछुट्टै गोलाप्रथा हुनेछ भने दलित र अपांगता भएका वा अल्पसंख्यकको सातै प्रदेशबाट निर्वाचित सातजनाबीच एकैपटक गोला हानिनेछ । राष्ट्रपतिबाट मनोनीत तीनजनाको छुट्टै गोलाप्रथाबाट पदावधि निर्धारण गरिनेछ । गोलामा २, ४ र ६ वर्ष लेखेर नेपाली भाषाको वर्णानुक्रमअनुसार सदस्यहरुलाई गोला तान्न लगाइनेछ जसअनुसार दुईजनाको पदावधि दुई वर्ष, अर्को दुईजनाको चार वर्ष र दुईजनाको छ वर्ष हुनेछ । नियमावलीअनुसार दलित र अल्पसङ्ख्यक सदस्यबीच गोलाप्रथा गराउँदा दुई, चार, छ र शून्य वर्ष लेखिएको गोला राखिनेछ । शून्य वर्ष गोला तान्ने एकजनाले दोस्रोपटक फेरि चार वा छ वर्ष लेखिएको गोलामध्ये एक झिक्नेछ ।गोला प्रथाबाट खाली हुन आएको स्थानमा त्यसै क्लस्टरबाट पुनः निर्वाचन गरिनेछ । राष्ट्रिय सभा निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । स्थानीय तहका पदाधिकारीको मतभार ४८ र प्रदेशसभा सदस्यको मतभार ७८ हुन्छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष हुने संवैधानिक ब्यवस्था छ  ।राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ जना सदस्य छन् ।

भाग्य परिक्षणमा अर्थ र गृहमन्त्री

राष्ट्रिय सभाबाट मन्त्री बन्ने अवसर प्रप्त गरेका अर्थमन्त्री युवराज खतिवडा र गृहमन्त्री राम बहादुर थापाको पदावधि कति पर्ने हो सवैको चासो को विषय बनेको छ ।  भाग्य परिक्षणमा रहेका यी दुइ मन्त्रीले गोला तान्दा   २ बर्ष पर्यो भने  अव दुइ बर्ष सम्म मात्र मन्त्री बन्न पाउने छन् । किन कि संसदको सदस्य नभएको ब्यक्ती छ महिना भन्दा बढी मन्त्री बनाउन नसकिने संवैधानिक ब्यवस्था छ । मन्त्री पदमा रहिन रहन ६ महिना भित्र संसदको सदस्य भइ सक्नु पर्ने हुन्छ । यसका करण पनि मन्त्रीद्धयको भाग्य परिक्षण धेरैको चासो को विषय बनेको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x