Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा ग्रे लिस्टमा जाने निश्चित

नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा ग्रे लिस्टमा जाने निश्चित

काठमाडौं, २३ भदौ । नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमयुक्त मुलुकमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमन अर्थात ग्रे लिस्टमा जाने निश्चित भएको छ । सम्पत्ति शुद्धीकरणको मामिलामा अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया प्यासिफिक ग्रुप एपीजीले नेपाल सरकारलाई उपलब्ध गराएको प्रतिवेदन अनुसार नेपाल जोखिमपूर्ण मुलुक (ग्रे लिष्ट)मा जाने निश्चित भएको हो ।

एपीजीले नेपालले गर्नुपर्ने कामको सुझावसहितको प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षको समय दिएको छ ।

अवैधरूपमा तथा अपराधबाट आर्जित धनलाई वैध बनाउने प्रक्रिया तथा आतंककारी कार्यका लागि वित्तीय लगानीका विषयलाई गम्भीरता साथ लिने अन्तर्राष्ट्रिय वित्तीय प्रणालीले यसको निगरानीका लागि खडा गरेको निकाय एपीजीको नेपाल सदस्य हो। एपीजीको प्रतिवेदन अनुसार भ्रष्टाचार, तस्करी, कर छली र मानव बेचबिखन लगायत अपराध माैलाएकाले नेपाल ग्रे लिस्टको जोखिममा छ। बैंकिङ, सहकारी, बहुमूल्य धातुका व्यापारी, क्यासिनो र रेमिटेन्स प्रदायकहरू पनि सम्पत्ति शुद्धिकरणको जोखिमका रहेका क्षेत्र हुन्। हुन्डी कारोबारले पनि अवस्था जटिल रहेको प्रतिवेदनमा औंल्याइएको छ।

उसले दिएको सुझावलाई सरकारले एक वर्षमा के कति कार्यान्वयन गर्छ, त्यसबाट नेपाल ग्रे लिस्टमा पर्ने/नपर्ने तय हुनेछ। नेपालले अहिलेसम्म सम्पत्ति शुद्धिकरणको क्षेत्रमा गरेको प्रगति पनि प्रतिवेदनमा समेटिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x