जी–२० शिखर सम्मेलनको अन्तिम दिन, आज केके हुँदैछ ?
काठमाडौं, २४ भदौ । आज जी–२० शिखर सम्मेलनको अन्तिम दिन । शनिबार पहिलो दिन दुई सत्र वन अर्थ तथा वन फैमिली आयोजना गरिएको थियो । त्यसपछि भारतका राष्ट्रपति द्रौपदी मुर्मूले अथितिका लागि सानदार रात्रिभोजको आयोजना गरेकी थिइन् ।
त्यसअघि सम्मेलनमा सहभागी हुन आएका विश्वका नेताहरू महात्मा गान्धीको समाधिस्थल राजघाट पुग्ने कार्यक्रम छ । त्यहाँ पुगेर उनीहरूले गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरू राजघाट पुग्न शुरू भइसकेको छ ।
त्यसपछि सबै राष्ट्राध्यक्ष भारत मण्डप पुग्नेछन् । जहाँ सम्मेलनको अन्तिम सत्र हुनेछ । दिउँसो साढे १२ बजे सम्मेलन समापन हुनेछ र विश्वका नेताहरू आआफ्नो देशतर्फ लाग्नेछन् ।
शनिबार सम्मेलनबाट ९ बुँदे नयाँ दिल्ली घोषणापत्र पारित भएको थियो । जसलाई भारतको ठूलो उपलब्धिका रूपमा अथ्र्याइएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार पहिलो दिन ९ बुँदे सहमतिको प्रस्ताव अघि सारेका थिए ।
स्वीकृत भएको संयुक्त घोषणापत्रका बुँदा यस्ता छन्ः
१) हामी भारतको जी २० अध्यक्ष्यताका दौरान स्टार्ट–अप २० इंगेजमेन्ट ग्रुपको स्थापना गरेकोमा त्यसको स्वागत गछौँ । र, यो जारी रहोस् भन्ने शुभकामना दिन्छौँ।
२) हामी सन् २०३० एजेन्डा कार्यान्वयनमा द्रुत गतिमा अगाडि लागि भारतका छिमेकीहरूको प्रशंसा गर्न चाहन्छौँ ।
३) संशाधन दक्षता र परिपत्र अर्थव्यवस्था उद्योग गंगठन ‘आरईसीईआईसी’ शुरू गर्न भारतले अध्यक्षता पाएकोमा सबैलाई धन्यवाद दिन्छौँ । पर्यावरणका दृष्टिबाट अनुपयोगी बस्तु तथा पदार्थलाई २०३० सम्ममा कम गर्ने वा शून्यमा छार्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
४) भारतका छिमेकी देशहरूले तयार गरेको ऊर्जा संक्रमणका लागि कम लागतको वित्त पोषण प्रतिवेदन हामीले ध्यान दिएका छौँ । जसअनुसार, विश्वको प्राथमिक उर्जा मिश्रणमा नवीकरणीय उर्जाको सबैभन्दा ठूलो हिस्साका लागि ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी वार्षिक लगानीको आवश्यकता भएको पाइएको छ ।
५) ग्लोबल डिजिटल पब्लिक रिपजिटरी ‘जीडीपीआईआर’ को निर्माण र मर्मतका लागि भारतीय योजनाका तर्फबाट स्वागत गर्दछौँ । जो डीपीआईको साझा भण्डार पनि हो । जो जी २० सदस्यहरूसँगै र अन्यका लागि पनि साझा गरिएको छ ।
६) भारतीय छिमेकीको वान फ्युचर अलाइन्स ‘ओएफए’ को प्रस्तावमाथि ध्यान दिइएको छ । जुन क्षमता निर्माणको उद्देश्यबाट स्वेच्छिक पहल गरिएको छ । वा, जसले एलएमआईसीमा डीपीआई लागु गर्नका लागि प्रविधिको सहायता र पर्याप्त धन सहायता प्रदान गर्दछ ।
७) हामी जी २० का सबै सदस्यको प्रयासको सराहना गछौं । जसले जी २० को अध्यक्षता भारतले गरिरहेको बेला अफ्रिकी संघलाई स्थायी सदस्य दिलाउनमा मार्ग प्रशस्त गर्नुभयो । अफ्रिकाले विश्वको अर्थव्यवस्थामा एक महत्वपूर्ण भूमिका निभाउँछ ।
८) हामी नयाँ दिल्लीमा जारी १८ औँ जी २० शिखर सम्मेलनमा उपस्थित प्रतिनिधिहरूको हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ । जी २० लाई बलियो बनाउन योगदान दिने सबै भारतीयलाई धन्यवाद दिन्छौँ । हामी विभिन्न जी २० कार्य समूह र मन्त्रीस्तरीय बैठकको सफल समापनको सराहना गछौँ । उनीहरूको कार्यसम्पादनको प्रशंसा गछौँ ।
९) हामी २३ अगस्ट २०२३ मा चन्द्रमामा सफल अवतरण गरेकोमा भारतलाई बधाई दिन्छौँ ।