सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न
काठमाडाैं, २७ भदाै । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा आज (भाद्र २७ गते) बुधबार सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टकाे अध्यक्षतामा विशेष साधारण सभा सम्पन्न भएकाे हाे ।
उक्त सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने÷प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।