डलर भाउ बढ्दा युराे र पाउण्डकाे भाउ घट्याे, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर
काठमाडाैं, ३० भदाै ।आज अमेरिकी डलर एकको खरिद दर १३२.८० रूपैयाँ र बिक्री दर १३३.४० रूपैयाँ कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३२.५६ रुपैयाँ र बिक्री दर १३३.१६ रुपैयाँ रहेको थियो ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६७ रूपैयाँ र बिक्री दर १४२.३१ रूपैयाँ रहेको छ । हिजो युरोपियन युरो एकको खरिद दर १४२.३० रुपैयाँ र बिक्री दर १४२.९५ रुपैयाँ रहेको थियो ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.१२ रूपैयाँ र बिक्री दर १६५.८७ रुपैयाँ रहेको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.२५रुपैयाँ र बिक्री दर १६६.०० रुपैयाँ रहेको थियो ।
यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।