नाडा अटो शो २०२३ सम्पन्न, नाडा अटो शो ७६ हजारले गरे अवलोकन
काठमाडौं, १ असोज । यस वर्षको नाडा अटो शो २०२३ सम्पन्न भएको छ। ६ दिनसम्म चलेको उक्त प्रदर्शनीमा कुल ७६ हजार एक सय जना मानिसले अवलोकन गरेको नाडाले बताएको छ ।
तीन वर्षपछि आयोजित नाडा अटो शो २०२३ को शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल थियो। यसको सहप्रायोजक शिखर इन्स्योरेन्स कम्पनी थियो। प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू थिए।प्रदर्शनीमा १६ वटा ब्राण्डका चारपांग्रे, २२ वटा ब्राण्डका दुईपांग्रे, सातवटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको थियो।
नाडा अटो शो २०२३ मार्फत विभिन्न कम्पनीहरू जस्तै टाटा मोटर्स, एमजी, निशान, नेटा लगायत कम्पनीहरूले नयाँ मोडलका गाडी सार्वजनिक गरेको छ। विभिन्न कम्पनी गरी एक हजारभन्दा बढी गाडी बुकिङ समेत भइसकेको नाडाले जनाएको छ।