Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

२.३ प्रतिशतले घट्यो आन्तरिक कर्जा

२.३ प्रतिशतले घट्यो आन्तरिक कर्जा

काठमाडौं, १ असोज । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल आन्तरिक कर्जा २.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.९ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा यस्तो कर्जा ७.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १३.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १०.७ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा यस्तो दावी ३०.० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.३ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x