Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

किन बढिरहेको छ चिनीको मूल्य ?

किन बढिरहेको छ चिनीको मूल्य ?

काठमाडौं, २ असोज । हरेक बर्ष जब दशैं, तिहार, छठजस्ता चाडपर्व नजिकिन्छ चिनीको मूल्य अनियन्त्रित हुन्छ। यो वर्ष पनि त्यस्तै भएको छ । यो बर्ष पनि चाडपर्व नजिकिए संगै व्यापारीहरुले चिनी प्रतिकिलो ४० रुपैयाँले मुल्य बढाएका छन् ।

भदौ २७ गतेसम्म चिनीको खुद्रा मूल्य प्रतिकिलो १ सय ५ रुपैयाँ थियो । तर भदौ २८ गते चिनीको खुद्रा मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । यसरी एकाएक मूल्य बढ्नुको कुनै कारण छैन् ।

यति मात्र होइन बजारमा चिनी कृत्रिम अभाव समेत सृजना गरेका छन् । व्यापारीले चिनी लुकाएको उपभोक्ताले आरोप लगाएका छन् ।

किन बढ्याे मुल्य

नेपालमा उत्पादित चिनीको मौज्दात सकिएको र अन्तर्राष्ट्रिय माग तथा आपूर्तिमा तालमेल नमिल्दा मूल्य बढेको जवाफ चिनी व्यापारीहरुको छ । नेपालमा बार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनी खपत हुन्छ । कुल खपतको आधाभन्दा बढी दशैं, तिहारलगायतका चार्डपर्वको बेला खपत हुने गर्छन । कालाबजारीबाट कमाउन पल्केका व्यापारीले यही मौका छोपेर हरेक वर्ष चिनीको मूल्य मनोमानी बढाउछन् । यो बर्ष पनि भएको त्यही हो ।

बजारमा कमजोर सरकारी उपस्थितीले कालोबजारी गर्न पल्केका व्यापारीहरुलाई कमाउने गतिलो मौका अवसर दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x