झीनो अंकले बढ्यो शेयर बजार, ८७ करोडको कारोबार
काठमाडौं, १ असोज । साताको दोस्रो कारोबार दिन आज सोमवार धितोपत्र बजार झीनो अंकले बढेको छ । यस दिन बजार मापक नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ विन्दुमा पुगेको छ । यस दिन २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस दिन बैंकिङ समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् । सर्वाधिक बढ्नेमा व्यापार समूहको १.६० प्रतिशतले बढेको छ ।