Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

बार्षिक करोडौंको तास आयात : कसका लागि भित्रन्छ तास ?

बार्षिक करोडौंको तास आयात : कसका लागि भित्रन्छ तास ?

काठमाडौं, १२ असोज । जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। खेल्ने र खेलाउनेलाइ जुवा ऐन २०२० अनुसार कारबाही हुन्छ तर चालू आर्थिक वर्ष २०८०/८१ को २ महिनाको अवधिमा ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास भित्रिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा साढे ६ करोड रुपैयाँ बराबरको तास आयात भएको हो ।

गत आर्थिक वर्षको दुई महिनाको अवधिमा १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास आयात भएको थियो । यसरी आउने तास अधिकांश भारत, चीन र अमेरिकाको छ ।गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको १ करोड ३९ लाख ६९ हजार १३५ बुक तास आयात गरेको थियो ।

तास खेल्नु अबैध हो तर पनि बार्षिक करोडौंको तास आयात हुने गरेको छ ।आयात भएको तास नेपालीका लागि नभई विदेशी नागरिकले क्यासिनोमा खेल्ने र त्यसबाट विदेशी मुद्रा भित्रिने भएकाले त्यहाँको प्रयोगका लागि भित्र्ने गरेको सरकारी अधिकारीहरु बताउँछन् । व्यवसायीहरुका अनुसार क्यासिनोमा एक पटक प्रयोग भइसकेको तास पुनः प्रयोग गरिदैन त्यसकारण पनि तासको ठुलाे खपत हुनेगरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x