Date

शुक्र, कार्तिक १६, २०८१
Fri, November 1, 2024

सिटिजन्स बैंक र दराजबीच ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झाैता

सिटिजन्स बैंक र दराजबीच ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झाैता

काठमाडाैं, १२ असाेज । नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यका साथ सिटिजन्स बैंकले दराज सँग समझौता गरेको छ ।  सिटिजन्स बैंकका पदाधिकारी र दराजका प्रतिनिधिबीच बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज १७ गतेबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

दराजका पेमेन्ट म्यानेजर जोनाम भुर्तेल र बैंकका प्रमुख मास बैंकिङ्ग अफिसर रोशन मानन्धर ले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा उल्लेख भए अनुसार सिटिजन्स बैंकको डेबिट कार्ड प्रयोग गरेर प्रीपेमेन्ट गर्ने ग्राहकहरूले १५५ सम्मको र अधिकतम रु १५०० सम्म छुट पाउनेछन भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०५ सम्मको र अधिकतम रु २००० को छुट प्राप्त गर्नेछन् । यो अफरको लाभ लिन ग्राहकहरूले दराज एप वा वेबसाइट मार्फत सिटिजन्स बैंक भौचरहरू सङ्कलन गर्नुपर्नेछ जुन खरिद प्रक्रियामा आफै लागू हुनेछ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x