Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

सोनापुर मिनरल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

सोनापुर मिनरल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १४ असोज । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आजदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँटपश्चात् सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा असोज १७ गते हुनेछ । उक्त अवधिसम्म मागानुसार आवेदन नपरेमा असोज २८ गतेसम्म समय थप हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू र मेरोसेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारीपूँँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

त्यसमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीयका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्कासन गरेको थियो ।

यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८, सामूहिक लगानी कोषका लागि ६ लाख आठ हजार २८४ र कर्मचारीका लागि ६ लाख आठ हजार २८४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

यो उद्योग दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको छ । ०६९ सालदेखि उद्योगले उत्पादन सुरु गरेको जानकारी गराइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *