Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

करको दायरामा आउनेको संख्या १५ प्रतिशतले बढ्यो, ५५ लाख ५४ हजार प्यान दर्ता

करको दायरामा आउनेको संख्या १५ प्रतिशतले बढ्यो, ५५ लाख ५४ हजार प्यान दर्ता

काठमाडौं, १४ असोज । नेपालमा एक वर्षमा करको दायरामा आउनेको संख्या १५ प्रतिशतले बढेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) लिएका (दर्ता कायम रहेका) करदाताको सङ्ख्या २०७९ असार मसान्तसम्मको तुलनामा १५ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तसम्म ५५ लाख ५४ हजार २६ पुगेको हो । आर्थिक वर्ष २०७९/८० मा मात्र थप भएका स्थायी लेखा नम्बर सङ्ख्या ७ लाख ६६ हजार २ सय १० रहेका छन्। यस अवधिमा दर्ता खारेज भएका स्थायी लेखा नम्बर सङ्ख्या ४३ हजार रहेको छ।

२०८० असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता कायम रहेका करदाताको सङ्ख्या ३ लाख ८ हजार ४ सय ७७ पुगेको छ भने अन्तःशुल्क ईजाजत प्रमाणपत्र लिने करदाताको सङ्ख्या १ लाख १६ हजार ६ सय ७५ पुगेको छ। कुल स्थायी लेखा नम्बर लिने करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर र व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या क्रमशः ६५.७ प्रतिशत र ३३.८ प्रतिशत रहेको छ भने करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०.५ प्रतिशत मात्र रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *