Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

१७.५६ अंकले घट्याे नेप्से परिसूचक, एक अर्ब १९ कराेडकाे काराेबार

१७.५६ अंकले घट्याे नेप्से परिसूचक, एक अर्ब १९ कराेडकाे काराेबार

काठमाडौँ, १५ असोज । साताकाे तेस्राे काराेबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक १७. ५६ अंकले घटेर एक हजार ९ सय ५८ दशमलब ७२ विन्दुमा बन्द भएको हो । साेमबार नेप्से परिसूचक ५.१९ अंकले बढेकाे थियाे ।

त्यस्तै, आज कराेबार रकम पनि घटेकाे छ । आज एक अर्ब १९ कराेड ९१ लाख १ हजारकाे काराेबार भएकाे छ । हिजाे साेमबार एक अर्ब ७३ कराेड ७३ लाख १४ हजार बराबरकाे काराेबार भएकाे थियाे ।

आज २८१ धिताेपत्रकाे काराेबार हुँदा ४४ वटा बढेका छन्,१८७ वटा घटेका छन् भने  २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x