Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट

काठमाडाैं, १६ असाेज । नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम् रु १,५००र( सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम् रु २,०००र( सम्मको छुट प्राप्त गर्न सकिने छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी ‘इएमआइ’ सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजना २०८० आश्विन १७ देखि २०८० आश्विन ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x