Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

न्यूरोडमा हिमालयन बैंककाे नयाँ भवन निर्माणका लागि शिलान्यास

न्यूरोडमा हिमालयन बैंककाे नयाँ भवन निर्माणका लागि शिलान्यास

काठमाडाैं, १६ असाेज । हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोड स्थित बैंककै जग्गामा भवन निर्माणको लागि शिलान्यास गरेको छ ।शुक्रबार बैंकका अध्यक्ष  प्रचण्ड बहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका हुन् ।

उक्त समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गरे । उनले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, विरगंज, भैरहवा बाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ भने काठमाडौको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै बैंकले भरतपुर र नेपालगंजमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको बताए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरुलाई विशेष तथा परिष्कृत बैंकिङ्ग सेवा–सुबिधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे । उक्त विशेष समारोहमा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

हाल बैंकले देश भरि रहेका १७६ शाखा, २६८ ए टि एम, २० विस्तारित काउन्टर तथा १७००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरु बाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x