छ वोटा प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा हिजो अपराह्नदेखि निरन्तर हल्का वर्षा भइरहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पनि पूर्वमा कोशीदेखि पश्चिममा लुम्बिनीसम्मका विभिन्न स्थानमा वर्षा हुने भएको छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
राति कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने कोशी, मधेश र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।