९.२४ अंकले बढ्यो शेयर बजार, १ अर्ब १८ करोडको कारोबार
काठमाडौं, १७ असोज । साताको चौथो कारोबार दिन बुधवार धितोपत्र बजार ९.२४ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.४७ प्रतिशतले बढेर १९६७.९७ अंकमा पुगेको छ ।
यस दिन २८४ कम्पनीको शेयर कारोबार हुँदा १७४ ओटाको बढेको छ भने ५२ ओटाको घटेको छ । यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर छ । बुधवार ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बुधवार बैंकिङ समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् । सर्वाधिक बढ्नेमा भने होटल तथा टुरिजम समूहको १.५२ प्रतिशतले बढेको छ ।