Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

सडक विकासमा बेथिति : १५औं योजनाले राखेका ७ लक्ष्यमध्ये एउटा मात्र हासिल

सडक विकासमा बेथिति : १५औं योजनाले राखेका ७ लक्ष्यमध्ये एउटा मात्र हासिल

काठमाडौं, १७ असोज । नेपालको विकास निर्माणमा वर्षौंदेखिको रोग बनेको पूँजीगत खर्च नहुने समस्याको असर प्रमुख पूर्वाधार क्षेत्र सडकमा समेत परेको छ । सडक विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९८० मा सडक विकासको क्षेत्रमा १५ पञ्चवर्षीय योजनामार्फत तय गरिएका ७ ओटा लक्ष्यमध्ये एउटामा मात्र लक्ष्य हासिल भएको छ ।

विभागका अनुसार १५औं योजनाले सडकतर्फ राष्ट्रिय राजमार्ग (दुई लेनसम्म कालोपत्र), राष्ट्रिय राजमार्ग (दुई लेनभन्दा माथि द्रुतमार्ग समेत), राष्ट्रिय राजमार्ग (नयाँ सडक निर्माण), राष्ट्रिय राजमार्ग पुनःस्थापना तथा पुनर्निर्माण, राष्ट्रिय राजमार्ग आवधिक मर्मतसम्भार, राष्ट्रिय राजमार्ग नियमिति मर्मतसम्भार र सडक पुल निर्माणमा निर्धारण गरेका लक्ष्यमध्ये राष्ट्रिय राजमार्ग नियमित मर्मतसम्भारतर्फ मात्र लक्ष्य हासिल भएको हो । उक्त शीर्षकतर्फ ७ हजार २२५ किलोमिटर सडक मर्मतसम्भार गर्नुपर्ने लक्ष्य रहेकोमा ७ हजार ८२१ किलोमिटरमा काम भएको छ ।

यसैगरी राष्ट्रिय राजमार्ग (दुई लेनसम्म कालोपत्र) शीर्षकमा ११ हजार ९४ किलोमिटरमा काम हुनुपर्नेमा ७ हजार ६७५ किलोमिटर मात्र कालोपत्र भएको छ । राष्ट्रिय राजमार्ग (दुई लेनभन्दा माथि द्रुतमार्ग समेत)मा ७४५ किलोमिटर सडक कालोपत्र हुनुपर्नेमा २३० किलोमटिरमात्र निर्माण भएको छ । राष्ट्रिय राजमार्ग (नयाँ सडक निर्माण) अन्तर्गत ४०० किलोमिटर निर्माण हुनुपर्नेमा ७० किलोमिटर मात्र सम्पन्न भएको छ ।
यसैगरी राष्ट्रिय राजमार्ग पुनःस्थापना तथा पुनर्निर्माण अन्तर्गत २५० किलोमिटरको लक्ष्यमा २४९ किलोमिटरमा मात्र काम भएको छ । यस्तै राष्ट्रिय राजमार्ग आवधिक मर्मतसम्भारतर्फ ७६१ किलोमिटरको लक्ष्यमा ५३८ किलोमिटर सडक मर्मतसम्भार भएका छन् भने ३०० ओटा सडक पुल निर्माण गरिनुपर्नेमा २२२ ओटा मात्र बनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x