Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

काठमाडौं, १७ असोज । सानिमा बैंक र फोनपे प्रालिको सहकार्यमा सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना असोज १० गते देखि कार्तिक मसान्त २०८० सम्म लागू हुनेछ ।
यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम रु. २०० विजुलीको बिल तिर्दा २ प्रतिशत वा अधिकतम रु. २५ र इर्न्टनेटको बिल तिर्दा २ प्रतिशत वा अधिकतम रु. ५० सम्मको क्यासब्याक को व्यवस्था गरेको छ । मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकताू को आधारमा क्यासब्याक प्रदान गरिनेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x