२३ अर्ब ६३ करोडले घट्यो वैदेशिक सहायता
काठमाडौं, १७ असोज । सरकारलाई गत आर्थिक वर्षमा प्राप्त भएको विदेशी सहायतामा रु. २३ अर्ब ६३ करोडको कमी आएको छ । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारले अनुदानतर्फ रू. २१ अर्ब ३० करोड र ऋणतर्फ रू. १ खर्ब २ अर्ब १२ करोड गरी कुल रु. १ खर्ब २३ अर्ब ४२ करोड वैदेशिक सहायता प्रप्त गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो परिचालन रू. १ खर्ब ४७ अर्ब ५ करोड रहेको थियो ।