Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

कुमारी बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै

कुमारी बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र जारी गर्दै

काठमाडौं, २३ असाेज। कुमारी बैंक लिमिटेडले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘१०% केबिएल डिबेञ्चर २०९०’ कात्तिक २ गतेदेखि जारी गर्ने भएको हो। बैंकले ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याज दिने छ। कुल ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो। जसको अंकित मूल्य १००० रुपैयाँ रहेको छ।

बैंकका अनुसार कम्तिमा २५ कित्ता र बढीमा ५ लाख कित्ताका लागि आवेदन दिनु पर्ने छ। ५ अर्बमध्ये ६० प्रतिशत प्राइभेट प्लेसमेन्ट गरिने छ। बाँकी रहेकमो ऋणपत्रमा सर्वसाधारणले लगानी गर्न पाउने छन्।

बैंकले जारी गरेको ऋणपत्रमा कात्तिक १२ गतेसम्म आवेद दिन सकिन्छ। त्यो बेलासम्म बिक्री भएन भने कात्तिक १६ गतेसम्म बिक्री खुला हुनेछ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *