Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

सुनकाे मूल्य प्रतिताेला रू ३०० ले बढ्याे

सुनकाे मूल्य प्रतिताेला रू ३०० ले बढ्याे

काठमाडाैं, २३ असाेज। साेमबार प्रतितोला एक हजार रुपैयाँले  बढेको सुनको मूल्य आजपनि प्रतितोला तिन सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख ८ हजार नाै सय र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार चार सय रुपैयाँ निर्धारण गरिएकाे छ। अघिल्लाे दिन छापावाल सुन प्रतिताेला रू एक लाख ८ हजार छ सय र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार एक सय रुपैयाँ निर्धारण गरिएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेकाे छ।अघिल्लाे दिन प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ४० रुपैयाँमा निर्धारण गरिएकाे छ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *