Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल मर्चेण्ट बैंकर संघको आयोजनामा अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता सम्पन्न 

नेपाल मर्चेण्ट बैंकर संघको आयोजनामा अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता सम्पन्न 

काठमाडाैं, २३ असाेज । धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्था इन्टरनेस्नल अर्गनाइजेसन अफ सेक्युरीटिज कमिसनको आह्वानमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मर्चेन्ट बैंकर्स संघले विश्व लगानीकर्ता सप्ताह–२०२३  सम्पन्न गरेकाे छ ।

असोज १५ देखि असोज २१ गते सम्म गरिएकाे विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता – २०२३ आयोजना गरिएकाे थियाे । असोज २१ गते हाजिरी जवाफ प्रतियोगिताको अन्तिम चरणको खेलहरु सम्पन्न भए ।

उक्त कार्यक्रममा पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु –काठमाडौं कलेज अफ म्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य साबित भएका थिए। द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलि मध्य विजय हुन सफल ४ वटा टोलि –काठमाडौं कलेज अफ म्यानेजमेण्ट, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेण्ट, बिच सोहि दिनको अन्तिम चरणको ग्राण्ड फिनाले प्रतिस्पर्धामा बुद्धिमत्ता र वित्तिय ज्ञानको रोमाञ्चक प्रदर्शन भएको थियो ।

ग्राण्ड फिनालेमा सामान्य राउण्ड, बोनान्जा राउण्ड, बजर राउण्ड, र्यापिड फायर राउण्ड शामिल भएको थियो । बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को टोली विजेताको ट्रफी र रु. एक लाख रुपैया प्रथम नगद पुरस्कार सुरक्षित गर्दै च्याम्पियनको रूपमा उभिन सफल भएको छ ।

त्यस्तै नेपाल कलेज अफ म्यानेजमेण्ट कलेज, फस्ट रनर अप टिमले ट्रफी र रु. ५०,००० ÷– (रु पचास हजार) नगद पुरस्कार प्राप्त गरेको छ र क्वेस्ट इन्टरनेशनल कलेजले अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि रु. २५,०००÷–नगद पुरस्कार सहित तेस्रो स्थानको ट्रफी हात पार्न सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x